विधुत चोरी कम गरेर विधुत चुहावट नियन्त्रण हुने जयकुमार यादबको बिश्वास

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु– कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर ८ मा विधुत चुहावट नियन्त्रण गर्नका लागी निशुल्क विधुत मिटर वितरण गरिएको छ । “विधुत चुहावट गर्नु डण्डनिय अपराध हो ” विधुत चुहावट गर्ने अभियानमा घरदैलो निशुल्क सिङ्गल फेस विधुत मिटर वितरण यशोधरा गाउँपािलका वडा नम्बर ८ का विपान्न , पिछड वर्ग , आर्थिक स्थिति कमाजोर भएका ५० परिवारलाई गरिएको हो । निशुल्क विधुत मिटर वितरण बाट हुकिङ्ग लागएर विधुत चोरी काम गरेर विधुत चुहावट नियन्त्रण गर्न नेपाल विधुत प्राधिकरण तौलिहवा वितरण केन्द्रले विशावस लिएको ईन्जिनियर विशाल लमिछाने बताउनु भएको छ ।

गत वर्ष कै विधुत चुहावट नियन्त्रण अभियान अन्तरगत यो वर्ष पनि कार्यक्रम लाई निरन्तरता दिएको र यो वर्ष कपिलवस्तु जिल्ला भित्र १५ सय परिवारलाई निशुल्क विधुत मिटर वितरण गर्ने योजना रहेको इन्जिनियर लमिछाने ले जानकारी दिनुभएको छ । निशुल्क सिङ्गल फेस विधुत मिटर जडान गर्दा जाग्गको लालपुर्ज , आफु वासोबास गरेको वडा को सिफरिस , विधुत कर्मचारीले निरिक्षण गरेको लगायतको कागजपत्र अवश्यक पर्ने उहले बतउनु भयो । मिटर पएपछि परिवारले खुशी व्यक्त गरेको कुरा वडा अध्यक्ष शाहबुद्धिन मुसलमानले बताउनुभएको छ । मिटर पएपछि मेरो घरमा पनि अब बत्ति बल्ने अशा जगेको यशोधरा गाउँपालिका वडा नम्बर ८ वस्ने गंगोत्री चौधरीले खुशी व्यक्त गरेकी थिन ।

 

विधुत महशुल तिर्न अटेर गर्नेको लाईन काट्ने र पटक पटक गरि लाईन काटेर उठ्नु पर्ने महसुल उठाउने गरेका छन ।नेपाल सरकारले निशुल्क विधुत मिटर वितरण को फइदा सबैले उठउनुहोस् र विजुलि लाई लक्ष्मी को रुपमा मानिने भएको ले विजुलि चोरी गर्नु भनेको लक्ष्मी लाई चोरी गर्नु हो यशोधरा गाउँपालिका का गाउँपालिका अध्यक्ष गृजेश पाण्डेय ले बताउनुभएको छ । निशुल्क विधुत मिटर को फरम भार्न छुटेका लाई फेरीबाट फरम भार्न गाउँपालिका अध्यक्ष पाण्डेले अग्रह समेत गर्नुभएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष गृजेश पाण्डेय को अध्यक्षता र नेपाल विधुत प्राधिकरण तौलिहवा वितरण केन्द्र इन्जिनियर विशाल लमीछाने को प्रमुख अतिथतामा कार्यक्रम भएको थियो । अतिथिहरुमा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शाहबुद्धिन मुसलमान , बुद्ध इकाई का सभापति मनुल्लाह मुसलमन , श्री राष्ट्रिय आधारभुत विद्यालय सिहोखोर का प्रधनध्यापक शिव प्रसाद कुर्मी, सामजसेवी दिलीप चौधरी , शिव पुजन यादव , लाल जी चौधरी , रामअवतार चौधरी लागएत रहेका थिए । यशोधरा गाउपालिका कार्यालय बैदौली कपिलवस्तुको सहयोग र नेपाल विधुत प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तु को आयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।कपिलवस्तु जिल्लाको नेपाल बिधुत प्राधिकरण बितरण शाखा तौलिहवामा कार्यालय प्रमुख जय कुमार यादव ज्यु को अगमन भएको दिन देखी नै अहिले सम्मा यस जिल्लाको लागी बिधुत चुहवाट नियन्त्रण गर्नका लागी दिनरात लागेर तथा के गरे बिधुत चुहवाट नियन्त्रण हुन्छ भनी हरेक वडा अध्यक्ष तथा मेयरहरु लाई निशुल्क मिटर बाड्ने देखी  बिधुत चुहवाट नियन्त्रण गर्नका लागी नागरीकलाई सचेत गराउने काम गरिरहेका छन | बाकी बाकियौता रकम पनि उठाउन उनको प्रमुख योगदान रहेको पाईएको छ |