प्रदेश ३ मा उत्कृष्ट प्रहरी काफ्ले घोषित

प्रकाशित मिति:

हेटौडा/प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरि बाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्लेलाई घोषणा गरिको हो ।

काफ्लेले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आगजानी तथा अवैध चन्दा संकलनमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरीले जनाएको छ । कालागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट काम गरी आम जनताको गुनासोलाई प्रभावकारी ढंगबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक काफ्लेलाई प्रदेशभरीबाट उत्कृष्ट प्रहरीको घोषणा गरेको हो ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बाफत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।