पीपीएलमा आज काठमाडौं र विराटनगर भिड्ने

प्रकाशित मिति:

काठमाडौं/ पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज शनिबार मात्र एक खेल हुनेछ । लिग चरणको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।खेल पोखरा रंगशालामा साढे ११ बजे शुरु हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।पहिलो खेलमा पोखरा पल्टनसँग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग पराजित बनेको थियो ।

तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर समेत दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनाउन चाहन्छ ।धनगढीसँग पहिलो खेल गुमाएपनि साविक विजेता पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।विराटनगर दुई खेलमा एक जित निकाल्दै तालिकाको चौथो स्थानमा छ ।