बेलायत जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने

प्रकाशित मिति:

एजेन्सी /बेलायत सन् २०२० को जनवरी ३१ देखि युरोपियन युनियनबाट बाहिरिने भएको छ ।युरोपियन युनियनबाट बाहिरिने गरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा राखेको प्रस्ताव पारित भएसँगै बेलायत अब युरोपियन युनियनबाट बाहिरिने पक्का भएको हो ।जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिएका थिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको थियो । अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।

बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।