आजको मौसम : हिमपात हुने र पानी पर्ने सम्भावना

प्रकाशित मिति:

काठमाडौं/पश्चिमी वायूको प्रभाव जारी रहँदा आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडीरहिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ ।