आयुर्वेदिक महत्व – जसको उपयोग निकै लाभदायक हुन्छ

प्रकाशित मिति:

काठमाडौं –  तपाई हामी दिनहुँ किचेनमा प्रयोग गर्ने केही जडीबुटी जो आयुर्वेदिक महत्वका पनि हुन्छन् । ताजा या सुकेका यस्ता हरियो जडिबुटी अनेक औषधीय गुणले युक्त हुन्छन् । यस्ता जडीबुटीबारे जानकारी राख्न सकिए धेरै लाभदायक हुनेछ । केही औषधीय गुण भएका जडीबुटी यसप्रकार छन्दालचिनी  – दालचिनी स्वादमा तिखो तर मिठो हुन्छ । यो उष्ण, दीपन, पाचक, मूत्रल, कफनाशक, स्तम्भक गुणधर्मी हुन्छ । दालचिनी सेवनले मनमा रहेको बेचैनीलाई कम गर्छ । यसले स्मरणशक्ति बढाउँछ । पाचन प्रणाली बलियो हुन्छ । विकार हटाउँछ । स्त्रीरोग कम गर्छ । पेटमा रहेको जुकाको समस्या हटाउँछ । र, खानाको स्वाद बढाउँछ ।अदुवा – अदुवा बहुउपयोगी जडीबुटी हो । यसको स्वाद निकै मिठो हुन्छ । अदुवा पाचक, सारक, अग्निदीपक, वेदशामक, कामोत्तेजक हुन्छ । यसको सेवनले वायु र कफनाश गर्छ । पाचनसम्बन्धी समस्या, श्वासप्रश्वास, स्त्रीरोग जस्ता समस्या अदुवा सेवनबाट कम हुन्छ ।करी पत्ता तेजपत्ता – तेजपत्तालाई नै करी पत्ता भनिन्छ । यो बहुगुणयुक्त हुन्छ । कुनै पनि भोजनमा यसको प्रयोगले सुगन्धता बढाउँछ । खाना स्वादिष्ट हुन्छ । यसको प्रयोग अचार र चूर्ण बनाउन पनि हुन्छ ।

इमली – खैरो रंगको इमली अमिलो र गुलियो फलफूल हो । यसमा टारटारिक एसिड र पेक्टिन समावेश हुन्छ । तराईका धेरै जिल्लामा इमली पाइन्छ । यसको अधिक प्रयोग मसालाका रूपमा गरिन्छ । विशेषगरी चाट बनाउन यसको उपयोग बढी गरिन्छ । यसको सेवनले पाचन समस्या, रुघाखोकी, पेचिसलगायतको समस्या कम गर्छ ।धनिया – धनिया तपाई हामीले दिनहुँ किचेनमा प्रयोग गर्ने एक किसिमको साग हो । यसको गेडा र धुलो पनि उपयोग गरिन्छ । यसको सुगन्ध मिठो हुनाले जुनसुकै तरकारी या अचारमा हरियो धनियाको साग प्रयोग गरिन्छ । यो धेरै पोसिलो पनि हुन्छ । यसको सेवनले टाउको दुखेको, पखाला र एलर्जी, मुखको दुर्गन्ध र अल्सर जस्ता रोगीका लागि फाइदाजनक हुन्छ ।लसुन – लसुन पनि हामीले दिनहुँ खाइरहने वस्तु हो । लसुनलाई तरकारी र मसाला दुवै रूपमा प्रयोग गरिन्छ । यसमा औषधीय गुण धेरै हुन्छ । यसको वास्ना कडा हुन्छ । श्वासप्रश्वाससम्बन्धी समस्या, पाचन प्रणाली, उच्च रक्तचाप, हृदयरोग, क्यान्सर, छाला रोगीका लागि त लसुनको सेवन अचुक नै हुन्छ ।दही – दही पनि आयुर्वेदिक गुण भएको खाद्यवस्तु हो । यसको दैनिक उपयोगले शरीरलाई धेरै फाइदा गर्छ । यो पोसिलो हुन्छ । दही खानाले पर्याप्त प्रोटिन, ऊर्जा, रोग प्रतिरोधात्मक क्षमता, मधुमेहको नियन्त्रण, पाचनक्रियामा सुधार हुन्छ ।