युवा सञ्चारकर्मी इमरान खान सपना सजाउना मोडलिङ्ग तिर – भिडियो सहित

प्रकाशित मिति:

काठमाडौं । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका इमरान खानले पात्रकारीता क्षेत्रमा कारौडो भन्दा बढि मान्छेहरुको मुटु जित्ना सफल पत्रकारको रुपमा आफनो पहिचान बनाउन सफल पत्रकार माध्य एक हुन ।

हालै उप प्रधानमन्त्रि उपेन्द्र यादवले ईन्डो नेपाल सामाजिक मञ्च कपिलवस्तुको एक कार्यक्रम बिच इमरान खानलाई बरिष्ठ युवा सञ्चारकर्मीको उपाधिबाट सम्मानित गर्नु भएको थिए । पत्रकार इमरान खान सबालपोस्टका सम्बादाता पनि हुन । अहिले पत्रकार इमरान खानले आफनो अभिनय दिएको म्युजिक भिडियो एल्बम ‘सपना सजाउने आस हुँदा’ बजारमा ल्याएर निकै चर्चामा हुनुहन्छ ।

इमरान खान ‘सपना सजाउने आस हुँदा’ गीतको म्युजिक भिडियोमा मोडलको रुपमा देखा परेका छन । कपिलवस्तुमा रहेर पत्रकारिता गर्दै आएका खानले ‘सपना सजाउने आस हुँदा’ मा बुनु लामासँग पर्दामा रोमान्स गरेका छन । आनन्द कठरियाको स्वर, मोतिराम विष्टको शब्द र दीपक जलन तथा आनन्द कठरियाकै संगीत रहेको आधुनिक गीत ‘सपना सजाउने’ को म्युजिक भिडियोको निर्देशन नविन विरही श्रेष्ठले गरेका छन । चेतन सागरको सम्पादन रहेको गीतका दृश्य सुरज खनालले क्यामरामा कैद गरेका छन ।

गीतकाे भिडियाे हेर्नुहाेस –