तिलोत्तमामा सखिया थारु होमस्टे सञ्चालन

५ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
32 Shares


तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारु होमस्टे सञ्चालनमा आएको छ । यो होमस्टे रुपन्देहीकैं पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारु सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ ।होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । त्यसअवसरमा थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । थारु समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको नगर प्रमुख घिमिरेले बताउनुभयो । तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिनुभयो । आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उहाँले बताउनुभयो ।

होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । थारु समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकैं पुरानो मध्येको बस्ती हो । पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरुले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन् । तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले थारु समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए । नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन् । सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरुलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो । सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव
  • मिडिया र मिडियाकर्मीमा रुपान्तरण जरुरी
  • कसरी आनन्दसँग यौन सम्पर्क गर्ने ?
  • प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन…
  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने