काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो ।भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।थापाले ट्वीटरबाटै भने, ‘प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोग भएको छ । उक्त विषयमा छानबिन भइरहेको छ ।’ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट भएको रि–ट्वीट केही घण्टामै हटाइएको थियो ।