दशैं गीत चुहिने भाछ घर बजारमा – भिडियो सहित

प्रकाशित मिति:

बुटवल, शिब दर्शन फिल्मस् प्रालीको प्रस्तुतिमा बिजया दशमीको शुभकामना सहित लोकप्रिय गायिका गायत्री थापाको दशै कोसेली चुहिने भfछ घर बजारमा आएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व बिजयादशमी तथा शुभ दिपावदलीलाई लक्षित गरि बजारमा आएको गीत निकै मार्मिक र यथार्थपूर्ण बनेको छ । गीतमा कोरीएका शब्द उस्तै मार्मिक छन भने भिडियो झनै यथार्थपूर्ण बनेको छ ।

बिदेशिएको छोरालाई सम्झेर आमाले गरेका बिलौना अनि बिदेशमा भएको छोराले आफुले पाएको दुख का साथै चाडपर्वमा घर आउन नपाउदाको पिडालाई निकै यथार्थ रुपमा प्रस्तुत गरिएको छ ।

हे. बाबु तिमलाइ नवौं महिना राखिथे गर्भमा
सधै मलाई रुन पार्छौ आउदा चाडपर्वमा
चुइने भाछ घर बाबु छैन पैसा छाउने
अहिले पनि दशैं मान्न होइनर घर आउनी
हे. डुल्न थाले फुलैमा भमरा
उम्री सके दशैंका जमरा

बोलको गीत बबि जिसिको लय, शब्द अनि बबि जिसि र देबि घर्तिको आबाजमा सजिएको छ ।

गीतको भिडियो समेत उस्तै राम्रो बनेको छ । चर्चित मोडलहरु रमा थपलिया र बबि जिसिको अभिनयमा भिडियो तयार भएको छ ।
शिब दर्शन फिल्मस् प्रालीले बजार ब्यवस्थापन गरेको भिडियोमा निर्देशन मदन खड्का र छायांकन नबराज घिमिरेको रहेको छ ।

भिडियो हेर्नुहोस  –

https://youtu.be/-6Z2LZOvJMw