बिबिएस चौथो वर्षका विद्यार्थीहरुका लागि प्रतिवेदन लेखन सम्बन्धी अभिमुखिकरण

प्रकाशित मिति:

मोहन पौडेल बुटवल पौष ५ र बिबिएस चौथो वर्षका विद्यार्थीहरुका लागि एक दिने प्रतिवेदन लेखन क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम शनिबार लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको छ । बिबिएस चौथो वर्षमा विद्यार्थीहरुले कोर्षमा आधारित अनुसन्धान प्रतिवेदन तयार पार्न सजिलो होस भन्ने उद्देश्यका साथ नौ समुहमा विभाजन गरि संचालन गरिएको अभिमुखिकरणमा ३० जना प्राध्यापकहरुले प्रतिवेदन लेखन सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रा।डा। तारा प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, पुर्व क्याम्पस प्रमुख प्राध्यापक कृष्ण गौतम, अनुसन्धान तथा विकास विभाग प्रमुख प्रा। डा। णकृष्ण भट्टराई, बिबिएस कार्यक्रम संयोजक सहप्राध्यापक यज्ञ प्रसाद दिक्षित लगायतको आतिथ्यता रहेको अभिमुखिकरणमा बिबिएस चौथो वर्षका ५४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। अभिमुखिकरण कार्यक्रममा प्रतिवेदनको विषयवस्तु, शिर्षक चयन, प्रतिवेदन तयार पार्ने बिधि, प्रतिवेदनमा अनिवार्य उल्लेख गर्नुपर्ने विषय, तथ्यांक संकलन र प्रस्तुतिकरण लगायतको बारेमा सिकाईएको थियो।