बबालाई बचाउन चाहान्छु प्लिज सहयोग गरिदिनुस

प्रकाशित मिति:

गुल्मी जिल्ला चन्द्रकोट गाँउपाकिा वडा नं. ८ निवासी बल बहादुर अर्यालले जिवन रक्षाको लागि सहयोगको लागि अपिल गर्नु भएको छ । अर्यालका दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगको लागि अपिल गर्नु भएको हो ।

भारतमा रोजगारी गरेर परिवारलाई पालन पोषण गरिरहेका अर्यालका दुवै मृगौलाले काम गर्न छोडेपछि परिवार गहिरो चिन्तामा परेको उहाँका छोरा सन्दिप अर्यालले बताउनु भयो ।

बुवा विरामी परेपछि हामीलाई निकै गाह्रो भएको छ सन्दिपले चिन्तित हुदै भन्नु भयो उपचारको शिलशिलामा हामीसंग भएको पैसा पनि सकियो हप्तामा दुई पटक डायलसिसको लागि बुटवल जानु पर्छ आउने जाने भाडा नहुँदा रात भरि निन्द्रा लाग्दैन ।

बलबहादुरको बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस भई रहेको छ । निशुल्करुपमा डायलसिस भए पनि गुल्मीबाट आउने जाने गाडी भाडा नहुँदा अर्याल परिवार समस्यामा परेको हो ।

सन्दिपले मनकारी महानुभावको सहयोग पाएमा बुवाको ज्यान बचाउन सकिने बताउँदै देशविदेशमा रहेका मनका धनिहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गर्नु भएको छ । सहयोग गर्न चाहानु हुने महानुभावले सन्दिपको मोवाईल नम्वर    ‭9867926482‬   ‬ सम्र्पक गर्न सक्नुहुने छ ।