कमल झैं आँखा भएका रामलाई हनुमानले गरे अनेकन ब्याख्या

५ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


हृदयको स्वच्छता मानवको अनुहारमा छल्किन्छ, भगवान रामको अनुहारमा प्रेम, सदाशयता अनि उदारता पाइन्थ्यो । वहाँको अनुहारले वहाँको सम्पूर्णता अनि राम्रोपना स्पष्ट देखाँउदथ्यो, वहाँको आँखाले जोकोहीको पनि ध्यान तान्न सक्दथ्यो । कृष्णलाई तामिलमा कानान पनि भनिन्छ, नयन पनि भएको यस शव्दमा कानाको नयनलाई कानान भनिन्छ । रामको कुरा गर्दा भक्त हनुमान रामको आँखाको मादकता र वाक स्वछन्दताले पे्ररित थिए । बाँदर समुदायका हनुमान एउटा रुखबाट अर्को रुखमा कुनै लक्ष्यविहिन उफ्रने गर्दथे तर रामको संगतले हनुमानलाई जिवनमा नयाँ लक्ष्य र चाहको उजागर गरेको थियो । हुनमान ब्रह्मचर्यमा थिए, माया र आशक्तिको अनुभव यिनले भगवान रामको साथबाट पाएका थिए । अशोक वाटिकामा हनुमानले सितामाता संगको वार्तालापमा रामको आँखाको चर्चा गरेको पाइन्छ, सीताले हनुमानलाई रामको ब्याख्या गर्न आग्रह गरेको पाइन्छ । सीता शायद हनुमानसंग राम पक्षको भएको प्रमाण चाहन्थिन ।

हनुमानले सीतालाई रामको आँखाको कुरा गर्दा कमल पत्राक्षका रुपमा ब्याख्या गर्दछन्, कमल झैं आँखा भएका रामलाई हनुमानले अनेकन तवरले सीतासमक्ष ब्याख्या गरेको पाइन्छ ।रामायणको अयोध्या काण्डमा रामको राज्याभिषेक को कथन छ, रघुवंशीय राम रघुनाथको पूजा गर्न जाँदा कुलपुजामा पत्नी सीतालाई पनि साथ लिएर जान्छन् । वाल्मिकीले आफ्नो रामायणमा यस समयमा सीतामातालाई विशालाक्षी भनी लेखेका छन्, विशाल लक्षु अर्थात ठूला आँखा भएकी भन्ने अर्थ लाग्दछ । सीता स्वयमलाई पनि आफ्ना आँखासंग मिल्ने र उतिकै राम्रा कसैका आँखा छन् भनें त्यो श्रीरामकै आँखा हो भन्ने लागेको वाल्मिकीले लेखेको पाइन्छ । सीतामाताले यस पूजाका वखत रामका आँखा हेर्दा मनमोहक आँखा देखेर सीतामाता स्वयमको पनि आँखा आश्चर्यमा ठूला भएका वाल्मिकीको आशय छ । रामलाई बाल्मिकीले पूर्ण पुरुषका रुपमा नारदमुनी समक्ष ब्याख्या गरेका छन् । त्यस्तै राम भजनका अनुपम सर्जक त्यागराजाले पनि रामका आँखाको आफ्ना बिभिन्न भजनमा तारिफ गरेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया