निशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

पर्वत जेसीजको आयोजना एबं पर्वत जिल्ला अस्पतालको सहयोगमा कुश्मा नपा८ चुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत जेसीजको कुश्मा नगरपालिका एक वडा एक कार्यक्रम अन्तर्गत जेसीज गाँउ चुवामा उक्त शिविर सम्पन्न भएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको प्रमुख आतिथ्यता, पर्वत जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देवकोटाको विशिष्ट आतिश्यतामा सम्पन्न सो शिविरमा पर्वत जेसीजका पुर्व अध्यक्ष जेसी कृष्णप्रसाद श्रेष्ठले समेत शुभकामना व्यक्त गर्नुभएको थियो । पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्यको अध्यक्षता, मुल संयोजक जेसी उत्तम पौडेलको स्वागत, जेसी राजेश शर्माले जेसीज आस्थापाठ एबं महासचिव जेसी रामु शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।उक्त शिविरमा पर्वत जिल्ला अस्पतालका डा। शिशिर देवकोटा, डा।सुदिप सुवेदी, डा।मानव तिवारी, डा। लक्ष्मी पाण्डे र डा।सुरज नेपालीले स्वास्थ्य जाँच गर्नुभएको थियो ।उक्त शिविरमा करिब २०० विरामीको स्वास्थ्य जाँच गरि निशुल्क औषधी वितरण गरिएको मुल संयोजक जेसी उत्तम पौडेलले जानकारी दिनुभयो ।