कोटहीमाईका वडा अध्यक्ष समाजवादीमा प्रवेश

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको कोटहीमाइ गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष राजमन जयसवाल समाजबादी पार्टी मा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र रुपमा उम्मेदवार बनेर विजयी भएका थिए । वडा अध्यक्ष जयसवाल शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । कोटहीमाई गाउँ पालिकामा तत्कालीन संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टिको समायोजन कार्यक्रममा वडा अध्यक्ष जयसवाल समाजवादी पार्टी प्रवेश गरेका हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले पार्टीमा स्वागत गरेका थिए । समायोजनले चन्द्रभुषाण यादवको अध्यक्षतामा २१ सदस्यीय समाजबादी पार्टिको कोटही गाउपालिका कमिटि गठन गरेको छ ।

समाजबादी पार्टिका जिल्ला अध्यक्ष रामअवतार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि किस्मत बिश्ववकर्माले समाजवादी पार्टि देशको पहिलो वैकल्पिक शक्तिका रुपमा उदाएको र पार्टीले उत्पीडनमा पारिएका सबै वर्ग र समुदायको अधिकार स्थापित गराउने बताए । उनले मधेसी,जनजाति,दलित,अल्पसंख्यक समुदायको हकअधिकार संबिधानमा समेट्न पनि संविधान संसोधन हुन आवश्यक रहेको बताए । फरक प्रसंगमा नेता विश्वकर्माले राजपा र नेकपाबीच भएको सहमति सिटको लागि मात्र भएकोले यो एकताले उत्पीडित समुदायको हित नहुने बताए । कार्यक्रममा समाजबादी पार्टिका नेता महेन्द्र यादव, संघिय परिषद सदस्य निलम यादव, संघिय परिषद सदस्य हरिश सैतवार, समाजबाटी पार्टि प्रदेश सदस्यहरू रामु यादव, रिता यादव, किरण अग्रहरी, रूपन्देहीका सदस्य एवम क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष घनश्याम यादव, जिल्ला समन्वय समिति रूपन्देहीको सदस्य सरोदा बढई , रामअवध पासवान लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समाजबादी पार्टि रूपन्देहीका उपाध्यक्ष सियाराम यादवको सञ्चालन तथा जिल्ला सदस्य बिनोद यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।यसअघि समाजवादी पार्टी रूपन्देहीको पालिका समायोजन तालिका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउपालिका र मायादेवी गाउपालिकामा पनि समायोजन भैसकेको छ ।