अमरपुरका महिलामा बल्ल चेतनाको दियो बल्यो

प्रकाशित मिति:

तिलाचन पाण्डे

गुल्मी \ ईश्मा गाउँपालिका वडा नं ६ अमरपरका महिलाहरुले बल्ल महिलाहरुमा चेतना आएको बताएका छन् । पहिलेदेखीनै महिलाहरुलाई चुलो चौकोमा मात्र सीमित गराई राख्ने चलन पछिल्लो अबस्था सम्म पनि गाउँमा यथाबद रहदै आएको बताउदै अमरपुर कृषि तथा पशुबिकास महिला सहकारी संस्थाकी अध्यक्ष देबकला थापाले बल्ल अमरपुरबासी महिलाहरुमा बल्ल चेतना आउन थालेको बताएकी छन् । गाउँमा कुनै कार्यक्रम , योजना र बिकास निर्माणका कार्यक्रमहरु भए पनि पुरुषहरु नै छड्के टोपी ढल्काउदै जान्थे , उनीहरु नै भलादमी बन्थे अहिले आएर महिलाहरु पनि अगाडी बडनु पर्छ र महिलाहरुका हकहित र अधिकारका बिषयमा लडेरै भएपनि लिनुपर्छ भन्ने चेतना बल्ल आएको उनी बताउछिन् ।

पहिले सबै बिषयहरु र बिकास निर्माण महिला आयआर्जन बिकासमा पुरुषहरु भाग लगाईदिएका र बाटा घाटा निर्माणमा बजेट लगाउथे , महिलाहरुको बिकासमा र ब्याक्त्तिव बिकासमा कसैका नजर जादैनथे सबै अधिकार कसैले दिएर नहुदो रहेछ आफै अगाडी नसरे सम्म केही पनि हुदो रहेनछ थापाको भनाई ।

दुई चारजना भेला भएको ठाउँमा गएर आफना कुरा राख्न सकिदैनथ्यो , अहिले आएर पुरुष बराबर डटेरै कुरा गरिन्छ , महिलाहरुको आयआर्जनमा बृद्धि र आत्म निर्भरताको बिषयमा अमुपुरका कुल ७ सय ६८ घरधुरीहरु मध्ये ६ सय २७ घरधुरीका महिलाहरु एक आपसमा मिलेर सहकारीमा आबद्ध भएका छौ , पुरुषले भन्दा नमुना योग्य काम गरेरै छाड्ने गरि योजना बनाएका छौ सहकारीकी सचिब निमकला अर्याको भनाई ।

पहिले ससना बालबच्चाका लागि कापी किताब किन्नका लागि र हातमा चुरा , निधारमा टिकी किन्नका लागि पनि श्रीमानजीकै भर पर्नु पर्दथ्यो अहिले आबश्यक परे उनीहरुलाई नै सहयोग गर्न हामी अमरपुरका प्रत्येक महिलाहरु सक्षम बनेका छौ , आफना कुराहरु राख्न पनि अहिले डराउदैनै सबै महिलाहरुको एकमत छ अमरपरुरका महिलाहरुलाई आत्म निर्भर र ब्याक्त्तिव बिकास संगै बाख्रापालनमा ब्यबसायिक र नयाँ नयाँ घाँसका जात संगै डालेघासले अमरपुरकै मुहार फेरिदिएकोमा हेफर ईन्टरनेशनल नेपाल परियोजना अमरपुरका महिलाहरुका लागि कहिलै भुल्न नसक्ने बनेको छ भन्छिन कोषाध्यक्ष बिष्णुमाया भण्डारी ।

परियोजनाले अमरपुरमा ७ वटा मुल समुह , २४ वटा पावर समुहमा गरि ७ सय ६८ घरधुरीहरु मध्ये ६ सय २७ घरधुरीका महिलाहरुलाई आबद्ध गराई अमरपुर कृषि तथा पशुबिकास महिला सहकारी गठन गरि परियोना नै सहकारीलाई हस्तान्तरण गरेको सहयोगी संस्था नबप्रभात युवा संघका अध्यक्ष शंकर पन्तले जानकारी दिए ।