श्रीस्वस्थानीको एउटा यस्तो प्रसंग

५ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


स्वस्थानी महात्मयको कथा वाचन र श्रवण चलिरहेको छ । माघ महात्मयको यो कथामा एउटा उमेर अनि मिठो यादका साथै नेपालीपनाको संस्कार र सभ्यता पनि लुकेको छ । गोमा ब्राह्मणीको कथा अनि उन्को मातापीताको निर्णयको आदर गर्ने चरित्रमा अहिलेका राइट बेस्ड अप्रोचमा काम गर्ने र मुद्धा दायर गर्ने सबैजनाले केहि सिक्नुपर्दछ । दुस्ख पाउनु महानता हैन तर अरुको लागि जीवन बाँच्न सक्ने यस्ता चरित्रहरुवाट हामीले पारिवारीक दायित्व र समस्या समाधान गर्नका लागि धैर्यता सिक्न सक्दछौं ।धार्मिक ग्रन्थहरु कथिने मुख्यतया दुईवटा तरिकाहरु हुन्छन , एउटा श्रुती अर्थात सुनेर कथिएका ग्रन्थहरु , पुराणहरु श्रेतीग्रन्थका उपज हुन्, समाजका तत्कालिन स्वरुपमा मेल खाने गरि पुस्तौं पुस्ता सम्म सुन्दै आइएका कुराहरुलाई लिपीवद्ध गरेर यस्ता पुराणहरु कथिएको हुन्छ । अर्को तरिका हो, स्मृती अर्थात सम्झेर गरिने कथन । स्वस्थानीको कुरा गर्दा आज म श्रुतीमा केन्द्रित हुन चाहें, सुनेर भनेर लेखिएका ग्रन्थहरु समय समयमा समाज अनुरुप मिलाउनु र परिपेक्ष्य जोड्न जरुरी हुन्छ । धर्म पनि हरेक यूगमा परिवर्तन हुन्छ र यसै गरि परिमार्जन गरिनुपर्छ ग्रन्थहरु तर तिनको मौलिक कुराहरु र अर्थमा कुनै हेरफेर गर्न हुन्न ।अहिले बिदेशी रकम र धर्मका ठेकदारहरुले हाम्रो ग्रन्थको अर्थमा अनर्थ निकाल्न थालेपछि त हाम्रा ग्रन्थहरुको परिमार्जन झनै जरुरी भएको छ ।

हामी अझ बलियो र अर्थपूर्ण अनि परिपेक्ष्यपूर्ण रुपमा अघि आउन जरुरी छ । हरेक विज्ञान अनि ज्ञानका श्रोतहरु आखिर सनातन ग्रन्थहरुमा त लुकेका छन् ।श्रीस्वस्थानीको एउटा सानो प्रसंग उक्काउन चाहें जसलाई उति समावेशी बनाउन सकिएको छैन् , लैगींक विभेदका हिसाबमा यस सर्वनामलाई परिवर्तन गर्न जरुरी देखिन्छ । हुन त पुत्र भनेंकै पुत्रिको पनि प्रतिनिधित्व पात्र हो र पुत्रि पनि पुत्र को शिव स्वयम अर्धनारेश्वर भएको अनि मानव पनि डिफल्ट अर्थात मुलत : महिलालैगींक प्राणी हो भनि बिज्ञानले भन्दछ । यसअवस्थामा सर्वनामको प्रयोगमा लैगींक अवशेष उति तार्किक नहुन पनि सक्दछ तर पनि बर्तमान समाजमा यि कुराहरु अब्यवहारीक देखिन सक्दछन् ।पूजा गरेर प्रसाद पतिलाई दिुन, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा नभए खोलामा बगाइ दिनु। मेरो प्रश्न छोरीलाई किन नदिनु रु के छोरी सन्तान होइन रु धर्म शास्त्रमा भएका कुराहरूलाई हामीले समय अनुसार परिमार्जन गर्दै जानु पर्छ । निष्कर्ष हामीले स्वस्थानी पढ्न बन्द गर्ने होइन । यसको समय अनुसार परिमार्जन गर्दै जानु पर्छ। यो हाम्रो संस्कृतिको एउटा इतिहास हो । यसको संरक्षण गर्नु पर्छ । तर यसको सुधार पनि गर्नु पर्छ। ईश्वर र धर्म पृथक पृथक कुरा हुन। ईश्वर अपरिवर्तनीय छन। तर धर्ममा सुधार गर्न सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया