ग्रील तथा स्टिल व्यवसायी संघमा सारु

प्रकाशित मिति:

बुटवल/ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीको चौथो अधिवेशनबाट तुलबहादुर सारुको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्ष तुल्सी खनाल, प्रथम उपाध्यक्ष मोहन भट्टराई, द्वितीय उपाध्यक्ष प्रितम भण्डारी,महासचिव रामप्रसाद पाण्डेकोषाध्यक्ष दिलबहादुर सुनारसचिव ध्रुवमणि ज्ञवाली र सहकोषाध्यक्ष टोपबहादुर पन्थी चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा विनय खनाल,कृष्ण पोखरेल,करुणासागर पाण्डे, बुद्धि गुरुङ र सन्दीप सापकोटा तथा लेखा समिति संयोजक विक्रम विश्वकर्मा र सदस्यहरुमा रामचन्द्र गौतम र सुयृ ढुंगाना चयन भएका छन् ।

संघको अधिवेशनले विधान संशोधन गरी नयां सदस्य दर्ता शुल्क २५ सय तथा सदस्यता नवीकरण शुल्क वार्षिक १५ सय बनाएको छ । संघको कार्यालय पायक पर्ने रुपन्देहीको जुनसुकै ठाउमा राख्न सकिने र संघलाई प्रदेशस्तरमा विस्तार गर्न सकिने बनाएको छ । संघमा करिब चार सय व्यवसायी सदस्य छन् ।