पत्रकारीतामा आउनेले जस्तो सुकै चुनौतीको सामना गर्न सक्नु पर्छ : जनाला

प्रकाशित मिति:

सुर्खेतको चौकुने गाउँपालिका–२ लगाममा जन्मेका जगतदल जनाला विक हाम्रो अखबार दैनिक सुर्खेत, शिक्षापत्र साप्ताहिक काठमाण्डौको रिपोर्टर र रिपोर्टस क्लव सुर्खेत र दलित पत्रकार संघ सुर्खेतको अध्यक्ष समेत रहेका छन् । २०७१ साल देखि पत्रकारिताको सुरुवात गरेका विकको जिवनमा थुप्रै उतार चढाव भइ तर पनि उनले आफुलाई कठिल्यै कमजोेर ठानेनन् निरन्तर अफ्नो कर्ममा लाागि रहे । डाँडादरा एफएम, बुलबुले एफएक, साझा विसौनी दैनिक लगायतका स्थानीय तथा राष्ट्रिय स्तरका मिडियामा काम गरेको अनुभव उनी संग छ ।

तपाईं पत्रकारितामा कसरी आउनु भयो ?

२०७१ सालमा म कक्षा ११ मा पढ्दै थिएँ गाउँमा रेडियो स्रोता समुह गठन गर्नका लागि इक्वेल एक्सेस भन्ने संस्थाबाट साउन महिनामा सामुदायिक अनुसन्धानर्मी जनक विक आएका रहेछन् । गाउँमा ५०–६० जना मानिसहरुलाई जम्मा गरेर समुह गठन गर्न खोजेका रहेछन् । नजक सिमाना जोडिएका कारण एकदिन पैदल हिंडेर म कैलालीमा कक्षा ११ का किताब ल्याउनका लागि गएको थिएँ । समुह गठन गरेपछि त्यो समुहमा रेडियो सुनाउने र छलफल गर्ने सहजकर्ता आवश्यक पर्दो रहेछ । जनक सरले को बस्नुहुन्छ सहजकर्ता भनेपछि भेलामा बसेका मानिसहरुले तलब कति हो भनेर सोधेछन् । जनक सरले १ हजार रुपैयाँ हो महिनामा दुईपटक मिटिङ बसाउनुपर्छ अनि तालिममा बोलाएको बेला समयमा नै आउनुपर्छ भन्नु भएछ । त्यसपछि सहजकर्तामा बस्न कसैले मन नलाएपछि मेरो कुरा चलेछ । म गाउँमा भएका औपचारीक कार्यक्रमका समाचारहरु सुर्खेतका रेडियोमा टिपाउँथे र कार्यक्रमहरुमा बढी फोन गर्थें । गाउँमा नेटवर्क पनि हुन्थेन १ घण्टा पैदल हिंडेर डाँडाबाट फोन लगाएर रेडियोका कार्यक्रमहरुमा फोन गर्थें । त्यहि प्रभावका कारण पनि भेलामा उपस्थिती भएका व्यक्तिहरुले मलाई समुहको सहजकर्ता बनाउनुपर्ने धारणा राखेका रहेछन् । सबैले भनेपछि जनक सरले पनि मेरो नाम नै फाइनल गरेछन् । त्यहि दिन साँझ ४ बजे जनक सरको फोन आयो मलाई तपाइँलाई हामीले सृजनशिल रेडियो स्रोता समुहको सहजकर्तामा छनोट गरेका छौं । अर्को महिना सम्म वीरेन्द्रनगवरमा तालिम हुनेछ हजुरलाई खबर गर्नेर्छु उहाँले भन्नु भयो । त्यसपछि तालिमका लागि वीरेन्द्रनगरमा गएँ त्यहाँ ५ जिल्लाका २० जना सहजकर्ता साथीहरु संग भेटघाट हुने अवसर मिल्यो । ५ दिनको तालिम सम्पन्न गरेर गाउँ गइसकेपछि रेडियो स्रोता समुहमा विभिन्न कार्यक्रम गर्यो । साविकको गाविसमा स्रोता समुहका तर्फबाट परिषद लगायतका अन्य कार्यक्रममा मलाई बोलाउँथे । १ वर्ष सा्रेता समुहको सहजकर्ता रुपमा काम गर्दा गदै संस्थाले मलाई सामुदायिक सञ्चारकर्मीको रुपमा तिनवटा गाविस हेर्ने गरी जिम्मा दियो । त्यसैक्रममा रेडियोहरु संगको सहकार्य पनि बढ्यो र बाबियाचौरमा सामुदायिक रेडियोको स्थापना भएको थियो त्यसैबाट आधारभुत पत्रकारिता तालिम लिएर ३० जना मध्ये ८ जनाले मात्र नाम निकाल्न सफल भयौं । त्यहि रेडियोका माकेर्टिङ बाट सुरु गरी समाचार प्रमुख सम्म भएर काम गरें । त्यो संगै बुलबुले एफएम, साझा विसौनी दैनिक लगायतका मिडियामा काम गरें । अन्य थुप्रै चनौती र समस्याका बावजुत पनि यसरी पत्रकारितामा जोडिन पुंगे ।

यहाँसम्म आइपुग्दा कतिको चुनौती खेप्नु परेको छ ?

एक त म सामान्य घरपरिवार बाट आएको मान्छे जोकी एसएलसी पढ्नका लागि पनि भारतको सिम्लामा गएर २ महिना काम गरेर कमाएको पैसाले पढाई खर्च जुटाउने मान्छे । घरपरिवारको आर्थिक अवस्था पनि कजोर भएका कारण मलाई अरुको जस्तो मस्ती भएन । पछि पत्रकारितामा आइसकेपछि पनि मिडिया हाउसहरुमा विभिन्न खालका चुनौतीहरु आए । हुनत काम गर्दा चुनौती त आइहाल्छन तर आफ्नो कामलाई निरन्तरता दिएपछि समस्याको समाधान हुँदो रहेछ भन्ने मेरो जिवन भोगाईले सिकाएको छ ।

यो क्षेत्रमा आएपछि के पाउनु भयो, के गुमाउनु भयो ?

यो क्षेत्रमा आएपछि आफ्नो व्यक्तित्व विकास, चिनजान, मान सम्मान र अवसर पाएँ । जिल्ला भित्र र बाहिर गरी पत्रकारिताकै ५० भन्दा बढी तालिम लिने अवसर पाएको छु । तर घरका मान्छेले भन्छन् सरकारी जागिर खाने पैसा कमाउने बेला किन यसरी हिंडेको भन्दा कतै मैले यस्ता उर्जावान समय गुमाएको छु की जस्तो लाग्छ ।

यहाँले पत्रकारिता सुरु गरेदेखिको कुनै अविस्मरणीय क्षण ?

सञ्चार क्षेत्रमा ७१ बाटै आवद्ध भएपनि मैले व्यवसायिक रुपमै पत्रकारिता २०७२ सालबाट गरेको हो । सुर्खेतकै कुनै चर्चित रेडियोमा २ महिना सम्म काम गर्दा पनि तलब नपाएपछि घरबेटीले मागेको बेला पैसा दिन नसकेर गाली खाएको क्षणलाई बारम्बार सम्झने गरेको छु । काठमाण्डौमा खोज पत्रकारिताको तालिममा जान नदिएपछि रेडियोको जागिर नै छोड्नुपरेको क्षणलाई नि सम्झने गरेको छु ।

पत्रकारिता गर्न चाहनेलाई के सुझाव दिनुहुन्छ ?

पत्रकारिता राज्यको चौथो अंगकारुपमा रहेको एक सशक्त माध्यम हो । जुन माध्यमलाई हामीले आवाज विहिनहरुको आवाज बनाउन सक्नुपर्छ । पत्रकारिताको मुल धर्म अनुसार काम गरि जनताको हित हुने रिपोर्टिङ गर्न सके यो पेसामा आउने जो कोहीलाई पनि सदैव नाम, मान र सम्मान हुनेछ भन्न चाहान्छु ।
विशेषगरी कुन बिषयमा तपाई कलम चलाउन मन पराउनु हुन्छ ?
म प्राय सामाजिक तथा शिक्षाका विषयमा कलम चलाउन रुचाउँछु । त्यसैगरी लक्षित र पिछडिएको वर्गको उत्थानका लागि सदैव मिडियाका माध्यमबाट पैरवी गरिरहेको छु ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

सर्वप्रथम त हजुहरुको सवल नेपाल साप्ताहिक तथा सबलपोष्ट अनलाईन लाई धेरै–धेरै धन्यवाद दिन चाहान्छु मेरा भोगाईलाई यहाँ राखिदिनु भएकोमा । पत्रकारितालाई मर्यादित बनाउनका लागि पत्रकारहरुले आफ्नो काम कर्तव्य र नियमलाई बुझ्नुपर्छ भन्न चाहान्छु । पछिल्लो समय पत्रकारहरु माथि मानिसहरुको विस्वास घटेको पाइन्छ । पत्रकारितालाई जनमुखी बनाउनका लागि हामी सबै पत्रकारको मुख्य भुमीका रहन्छ भन्न चाहान्छु ।