खगेन्द्र भण्डारी – बिकास भन्नेबित्तिकै प्राय मानिसले बाटो ,पानी लगाएतका अत्यावश्यकता बुझ्ने गरेको पाइन्छ। देशभर बिकास निर्माणको कार्य ले गति लिदै गर्दा अनेकन बिनासको चपेटा जनताले सहनपरेको छ यसैको ज्वलन्त उदाहरण हो गुल्मीको कालीगण्डकी गाउपालिका वडा न २ बौरका स्थानियहरु। राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भैरहदा यहाका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलिले काम गरिरहदा स्थनियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ।
करिडोरको बाटो खनिरहदा करिव १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका छन। सेनाको टोलिले आफुहरुसङ्ग सरसल्लाह समेत नगरी र बिना जानकारी बम पट्काएर बाटो खन्दा ठुला ठुला ढुङ्गाहरु खसी घरै भत्केको र जनताहरु सन्त्रासमा रहेको बताउछन स्थानिय भीष्म पराजुली। उनका अनुसार कतिबेला मरिन्छ जस्तो लाग्छ कसैले हाम्रो कुरा सुनेन । यसबिषयमा कालीगण्डकी गाउपालिका वडा न २ का वडाध्यक्ष सङ्ग बुझ्दा आफुलाई सामान्य जानकारी भएको र करिव १ घण्टा पछि आफू त्यहाँ जाने साथै आफुले सेनाको टोलिलाई समेत जानकारी गराएको बताए । यता पालिका अध्यक्षलाई बुझ्न फोन गर्दा भने फोन सम्पर्क हुनसकेको छैन।