भारतमा मोदी सरकार कलाकारहरूप्रति पनि असहिष्णु

प्रकाशित मिति:

एजेन्सी /भारतमा जारी नागरिक संशोधन कानूनलाई लिएर हिंसात्मक प्रदर्शनमा सहभागी भएका कलाकारप्रति मोदी सरकार असहिष्णु भएको आरोप लागेको छ ।प्रदर्शनमा सहभागी भएका कलाकारलाई जागिरबाट हटाउनेदेखि ट्विटरमा फ्लोअर घटाउनेसम्मका काम मोदी सरकारले गरेको भन्दै आलोचना भइरहेको छ ।प्रदर्शनमा सहभागी भएकै भरमा कलाकार सुशान्त सिंहले सावधान इण्डिया कार्यक्रमबाट हट्नुपरेको छ । सो कार्यक्रममा उनी एंकर रहँदै आएका थिए । उनले प्रदर्शनमा सहभागी भएर कार्यक्रम चलाउन जाँदा उनलाई निकालिएको बताइएको थियो ।

उता, केही समयदेखि फिल्म क्षेत्रबाट बाहिर बसेका अनुराग कश्यपको ७ लाख फ्लोअर रहेको एकाउन्ट घटेर ७५ हजारमा झरेको छ । कलाकारले प्रदर्शनमा सहभागी भएको भरमा मोदी सरकारले आक्रोश पोखेको समेत उनीहरुले आरोप लगाएका छन् ।

थप समाचार