ओली सरकारको काम गराइप्रति राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट

प्रकाशित मिति:

काठमाडौं –  ओली सरकारको काम गराइप्रति राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट देखिएकी छन् । भलै, राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो सरकारलाई ‘मेरो सरकार’ भनेकी थिइन् ।राष्ट्रपतिको भूमिकामा रहेर पनि नेकपाभित्र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्दै आएका बेला राष्ट्रपति भण्डारीले अब सरकारको काममा पनि हस्तक्षेप गर्न थालेको संकेत शनिबार शीतलनिवासमा देखियो ।सडकका खाल्डाखुल्डीदेखि गोकर्ण रिसोर्टको सरकारी जग्गासम्मका समाचारहरु आफूले पत्रपत्रिकामा पढिरहेको भन्दै राष्ट्रपति भण्डारीले ओली सरकारको भूमिकाप्रति शनिबार असन्तुष्टि प्रकट गरिन् ।फेसबुक र ट्वीटरमा लेखेर मात्र नहुने भन्दै नेकपाले पाएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीले नेकपाका नेताहरुलाई सम्झाइन् ।‘सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम र बजेटअनुसार काम भइरहेको छ कि छैन ’ राष्ट्रपति भण्डारीले शनिबार शीतलनिवासमा नेकपाका केही नेतालाई बोलाएर सोधिन्

, ‘मैले पत्रपत्रिकामा विभिन्नखालका समाचार पढिरहेकै छु, सरकार कसरी अगाडि बढिरहेको छ, यस विषयमा तपाईंहरुको धारणा के छ रु’नेकपा स्थायी कमिटीको बैठक चलिरहेकै बेला राष्ट्रपतिले बहालवाला मन्त्रीसहित पार्टीको दोस्रो पुस्ताका केही नेताहरुलाई शीतलनिवासमा बोलाएर सरकारको कामबारे चासो राखेकी हुन् ।राष्ट्रपतिको अभिव्यक्तिमा सरकारको काम गराइप्रति असन्तुष्टि झल्किएको त्यहाँ सहभागी एक नेताले अनलाइनखबरलाई बताए । प्रधानमन्त्री ओलीले यती समूहलाई दिएको गोकर्ण रिसोर्टलगायतको जग्गाका सम्बन्धमा पनि राष्ट्रपति भण्डारीले संकेत गरेको ती नेताले बताए ।शीतलनिवासमा राष्ट्रपतिको निम्तो मान्न जानेहरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसमेत थिए । त्यहाँ पूर्वमन्त्री जनार्दन शर्मा, सुरेन्द्र पाण्डेका साथै सांसद देवेन्द्र पौडेललगायत थिए ।नेकपाले दुई तिहाइ बहुमत पाएको वर्तमान अवस्थामा गम्भीर भएर ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले नेकपा नेताहरुलाई सम्झाएर खाना खुवाइवरि पठाएकी थिइन् ।राष्ट्रपतिको निम्तो मानेर नेताहरु सीधै धुम्बाराहीको स्थायी कमिटी बैठकमा प्रवेश गरेका थिए ।onlinekhabar