विना मेकअप यसरी बन्नुहोस् सुन्दर र आकर्षक

प्रकाशित मिति:

सुन्दर बन्ने रहर प्राय सबैमा हुन्छ । सुन्दर देखिनका लागी मंहगा क्रिमको प्रयोग गरिन्छ । तर हामीलाई थाहा छैन की यस्ता मंहगा क्रिमको प्रयोग नगरेपनि सुन्दर हुने तरीकाका बारेमा चर्चा गछौप्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ ।-अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।-नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन ।-

दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।-दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ ।-बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।-नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ।-यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ ।