मध्यराती वडाध्यक्षसहित अपहरणमा परेकी श्रीमती यस्तो अवस्थामा फेला परिन्

प्रकाशित मिति:

काठमाडौं – पछिल्लो समय जनप्रतिनिधि नै असुरक्षि’त भएको खुल्न आएको छ । दैलेखस्थित ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धीरबहादुर शाही पत्नीसहित अपह’रणमा परेका छन् । शनिबार राती एक दर्जन भन्दा बढिको संख्यामा आएका अ’ज्ञात स’मुहले उनलाई सुतिरहेको समयमा घरबाटै नियन्त्रणमा लिएको बताइएको छ ।

श्रीपाटामा रहेको आफ्नो घरमा सुतिरहेका उनी मध्यरातमा अपह’रणमा परेको उनको परिवारले जनाएको छ । यस घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको छ । अपह’रणमा परेका अध्यक्ष शाहीकी श्रीमती इला मल्ल शाही सुरक्षित भेटिएकी छिन् ।

वडा नम्बर १ का अध्यक्ष नर्तमबहादुर बुढाले अध्यक्षकी श्रीमती इला सकुशल आइतबार बिहान करिब नौ बजे भेटिएको जानकारी दिए । गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा उनी फेला परेकी हुन् । अध्यक्ष शाहीलाई कालीकोटतर्फ लगिएको अनुमान गरिएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।