युवा नेता श्याम मिश्रामाथि कुटपिट

प्रकाशित मिति:

कृष्णनगर – कपिलवस्तु कृष्णनगरका युवा नेता तथा अभिनेता श्याम मिश्रामाथि कुटपिट भएको छ । शनिबार अपराह्नपख नेता मिश्रामाथि निर्घात कुटपिट भएको बताइएको छ । राप्रपाका नेता समेत रहेका मिश्राको अहिले बुटवलमा उपचार भैरहेको छ ।
उनीमाथि निर्घात कुटपिट भएपछि बहादुरगञ्ज अस्पताल ल्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभए पछि मिश्रालाई बुटवल रिफर गरिएको बताइएको छ । उनीमाथि हातपात गर्नेलाई कृष्णनगर प्रहरीले खोजिकार्य गरिरहेको छ । के कति कारणले उनीमाथि कुटपिट भएको हो यथार्थ विवरण बाहिर आउन सकेको छैन । यद्यपि उनलाई प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहका समर्थकले कुटपिट गरेको उनका समर्थकले बताएका छन ।