जुनियर लन टेनिसमा बुटवलका निश्चल तेस्रो

प्रकाशित मिति:

बुटवल – १७ औ जयकार मेमोरियल जुनियर लन टेनिस प्रतीयोगीतामा बुटवलका निश्चल ज्ञवाली तेस्रो भएका छन । प्रदेश पाचबाट एकमात्र सहभागी खेलाडी ज्ञवाली आठ बर्ष मुनिका खेलाडीहरुको प्रतीस्पर्धामा बिजेता काठमाण्डौका प्रनब खनालसग पराजीत हुदै तेस्रो स्थान कब्जा गर्न सफल रहे । बुटवलको न्यु होराइजन बोडीड स्कुलमा कक्षा २ मा पढ्ने निश्चल बुटवल लन टेनीस क्लबका खेलाडी समेत हुन ।

देशैभरबाट ७८ जना खेलाडीहरुको सहभागीता रहेको प्रतीयोगीता प्रत्येक बर्ष लन टेनिस सघं काठमाण्डौले आयोजना गर्दै आएको छ । प्रशिक्षक बिकास खड्काका अनुसार स्थानीयस्तरबाटै लन टेनिस खेलको बिकास र बिस्तारका लागी बिभिन्न बिधामा बुटवलबाट खेलाडीहरु प्रतीस्पर्धाको लागी काठमाण्डौ पठाउने गरिएको र नतिजा सन्तोषजनक पाइएको छ । हाल बुटवलको देबिनगरमा बुटवल लन टेनिस सघंले १०० भन्दा बढी जुनियर खेलाडीहरुलाइ दैनीक रुपमा प्रशिक्षण दिदै आएको छ ।