शिवराज नगरपालिका वडा नं.३ को सार्वजनिक सुनुवाई सम्पन्न

प्रकाशित मिति:

इमरान खान / कपिलवस्तु –  कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए नभएको सन्देश नागरिक समक्ष ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो। कार्यक्रममा विकास निर्माणको अवस्था, लक्षित वर्गको वजेट, लक्षित समुदायलाई संबोधन भए वा भएनन् भन्ने बिषयबस्तु नागरिकले प्रश्नहरु उठाएका थिए । जवाफदेहि निकायको तर्फबाट बोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका तथा वडाले योजना अनुरुप काम गर्न सफल भएको बताए । अधिकारीले जनताले तिरेको राजस्व हिना बिना नभएको बताउँदै स्थानिय तहलाई नागरिकले सकरात्मक सहयोग गरे मात्र योजना सफल हुने बताए। त्यसैगरी शिवराज नगरपालिका वडा नं।३ का वडा अध्यक्ष टेकलाल सापकोटाले नागरिकलाई संबोधन गर्दै वडाको आवश्यकता अनुसार तिब्र गतिमा काम भएको बताउंदै प्रचारमुखि भन्दा पनि काममुखि भएको बताए ।

वडा अध्यक्ष सापकोटाले वडा भित्र रहेका समस्यालाई एक पछि अर्को गर्दै समाधान गर्दै अंगाडी बढेको जनाए । वडा भित्र हरेक नागरिकका समस्या संबोधन हुने हिसावले काम अंगाडी बढाएको समेत बताए । कार्यक्रममा बोल्दै नेपाली कांगेश युवा नेता अजय थापाले दिनहु वैदेशिक रोजगारीका लागि पलायन हँदै गरेका युवालाई स्वरोजगार बन्न सक्ने थापाले भने साथै नगरपालिकाले काम गर्दा सबैको सल्लाह सुझाव अनुसार गर्नुपर्ने बताए । दिनप्रतिदिन महिला दिदीबहिनीहरु असुरक्षित बन्दै गएको तर्फ नगरपालिकाको ध्यान दिन आवश्यक रहेको बताए । उक्त कार्यक्रम शिवराज नगरपालिका वडा न।३ को आयोजना, किर्डाक नेपालको समन्वयमा सार्वजनिक सुनवाई कार्यक्रममा शिवराज नगरपालिका वडा नं।३ का वडा अध्यक्ष टेकलाल सापकोटा अध्यक्षता, शिवराज जगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यतामा, किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भन्डारी, शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल, समयथान माबिका प्रअ।गिरी प्रसाद गैर, वडा प्रहरी कार्यालयका प्रतिनिधि, शिक्षक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नागरिकको सहभागिता र संचारकर्मी माधब बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।