मिश्रमाथि हातपात नगरेको कांग्रेसका सांसद शाहद्वारा स्पष्टोक्ति

प्रकाशित मिति:

कृष्णनगर –  श्याम कुमार मिश्रमाथि हिजो साझं भएको दुखद घटनामा मेरो संलग्नता नरहेको स्पष्टोक्ति साथ कांग्रेसका सांसद शाहले प्रेस विज्ञप्ति जारी गरेका छन ।कृष्णनगर निवासी अभिनेता तथा भन्सार ऐजेन्ट श्याम कुमार मिश्रमाथि हिजो घटेको दुखद घटनाप्रति आफु गम्भीर भई अनुसन्धान गर्न स्थानिय प्रशासनलाई आग्रह गर्दै यश घटनामा मेरो संलग्नता नरहेको कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेसका सांसद अभिषेक प्रताप शाहले आफ्नो प्रेस विज्ञप्तिमा लेखेका छन ।

सांझ ६ बजे घटे्को सो घटनामा मेरो ड्राइभर शशी कश्यप र श्याम मिश्र बीच गालीगलौज हुदां ड्राइभर र मिश्रबीच कुटाकुट भएको हो र मैले समझाउंदा मलाई पनि गाली गरेको सांसद शाहले विज्ञप्तिमा भनेका छन । उता अभिनेता श्याम कुमार मिश्रलाई टाउको र अनुहारमा चोट लागेका कारण शिवराज अस्पतालले सिटिस्क्यानका लागि बुटवल रिफर गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।