गाडेर राखिएको एसएलआरसहित ९ हजार गोली बरामद

प्रकाशित मिति:

धरान –  सुनसरीबाट ठूलो परिमाणमा बन्दुक र गोली बरामद गरिएको छ । बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलबाट एसएलआरसहित ९ हजार गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले स्थानीयको कुखुराको खोरमा जमिनमुनी गाडेर राखिएको अवस्थामा गोली बरामद गरिएको हो ।

गोली र बन्दुक गाडिएको गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गर्दा ठूलो परिमाणमा बरामद भएको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।हतियार विप्लव नेतृत्वको नेकपाले गाडेर राखेको अनुमान गरिएपनि कसले लुकाएको भन्ने स्पष्ट भएको छैन ।