सप्तरीमा ९ फिट लामो अजिङ्गर फेला

प्रकाशित मिति:

सप्तरी – सप्तरीको हनुमाननगर नगरपालिका वडा नम्वर १ भारदहक एक व्यक्तिको घरबारीबाट अजिंगर प्रहरीले शनिबार फेला पारेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी सुधिर झाको बारीमा ९ फिट लम्वाई भएको २५ किलोको अंजिगर सर्प फेला परेकाे हाे।

ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिंगर सर्प ल्याई बन्यजन्तु आरक्ष पथरी सेक्टरको रेन्जरको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।