बुद्ध टेलिभिजनको संचालन समितिलाई पूर्णता

प्रकाशित मिति:

बुटवल। बुद्ध सामुदायिक टेलिभिजन संचालन समितिको वैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको वैठकले कार्यसमिति सदस्य र सल्लाहकार समिति मनोनिति गरेको छ ।विधानको व्यवस्था अनुसशार अध्यक्ष ज्ञवालीले पेश गरेको कार्य समिति सदस्य तथा सल्लाहकारहरुको नाम कार्य समितिको पुर्ण वैठकले अनुमोदन गरेको हो । जस अनुशार कार्य समितिमा संचालन सदस्यहरु मध्येवाट दिर्घ वहादुर केसी कुमार, क्रषि काफ्ले र राम प्रसाद पोखरेल मनोनित हुनु भएको छ । त्यसैगरि कार्यसमितिको सल्लाहकारहरु पनि मोनिति गरिएको छ । मनोति सल्लाहकारहरुमा रामचन्द्र ढकाल,रविराज ज्ञवाली, वरिष्ठ अघिवक्ता वेन वहादुर पौडेल, अनुपमान श्रैजु र पुनराम पोख्रेल रहेका छन् । संस्थाको चौथो अविधेशनबाट निर्वाचित कार्यसमिति मनोतिसंगै पुर्ण भएको छ ।