नर्सिङ संघको निर्वाचन:आज राति १२ बजे पछि प्रचारप्रसार गर्न नपाईने

प्रकाशित मिति:

काठमाडौं/ नेपाल नर्सिङ संघका उम्मेदवारहरुले आज ९आइतबार० राति १२ बजेदेखि मतदानका लागि प्रचारप्रसार गर्न नपाउने भएका छन् ।संघको नयाँ कार्य समितिका लागि बुधबार ९पुस ९ गते० हुने लागेको निर्वाचनका लागि उम्मेदवारहरुले आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाईने निर्वाचन समितिले जनाएको छ ।समितिले सूचना जारी गर्दै बुधबार बिहान ९ बजेदेखि ५ बजे मतदान कार्य हुने भएकाले आज राती १२ बजेदेखि कुनै पनि उम्मेदवार वा दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले प्रचार प्रचार गर्न नपाइने जनाएको छ ।

निर्वाचन समितिले आज राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकाले निवार्चनको प्राचारप्रसारका लागि सभा, जुलुस वा नारावाजी पूर्ण रुपमा निषेद गरेको जनाएको छ ।निवार्चन समितिले मौन अवधिमा निवार्चनको प्रचारप्रसार गरेको पाइएका २५ हजार जरिवाना हुनसक्ने जनाएको छ । यस्तै बुधबार हुने संघको निर्वाचनमा मतदाताले संको सदस्याताको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने जनाएको छ ।संघको निर्वाचन समितिले यसअघि नै निर्वाचनको मतदान केन्द्रहरु तोकिसकेको छ । संघको १९ औं निर्वाचन काठमाडौं सहित २१ जिल्लामा एकैसाथ हुँदै छ ।संघमा अध्यक्ष पदका लागि प्रगतिशीलको तर्फबाट मन कुमारी राई र पेसागत तर्फबाट मुना राना थापाको दुई प्यानल मैदानमा उत्रिएको छ ।प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार राईले १९ बुँदे घोषणापत्र र पेसागत प्यानलकी अध्यक्ष पदकी उम्मेदवार थापाले २१ बुँदे घोषणपत्र सार्वजनिक गरेका छन् ।

थप समाचार