सैनामैना डान्सिङ्ग आइडल हुँदै

प्रकाशित मिति:

सैनामैना /सैनामैना उद्योग वाणिज्य संघले आयोजना गर्ने औद्योगिक मेलामा सैनामैना डान्सिङ्ग आइडलको चौथो संस्करण हुने भएको छ । महोत्सवको विशेष आकर्षणको रुपमा रहेका डान्सिङ्ग आइडलको तयारि अन्तिम चरणमा पुगेको डान्सिङ्ग आइडलका संयोजक अर्जुन भण्डारी बताए । डान्सिङ्ग आइडलमा सैनामैनाभित्रका जो कोहिले पनि सहभागिता जनाउन पाउने छन् ।यसका लागि नगरका विभिन्न ठाउँमा फारम वितरण भइरहेको मेला सचिवालयले जनाएको छ । विगतको वर्ष देखि नै डान्सिङ्ग आइडल सञ्चालित हुँदै आएको छ । यस वर्ष डान्सिङ्ग आइडलमा प्रथम हुनेले ५५ हजार, द्वितियले ३५ हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार नगद पुरस्कार पाउनेछन् ।

डान्सिङ्ग आइडलले सैनामैना भित्रका प्रतिभाहरुलाई आफ्नो क्षमता प्रर्दशन गर्ने स्थान दिने मेला मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताउनुभयो । बिगतमा पनि आइडल धेरै दर्शकको आकर्षणको रुपमा रहेकोले यसको निरन्तरता दिईएको संयोजक क्षेत्रीले बताउनुभयो ।जनकल्यण मा।बि की प्रिया चौधरीले सैनामैना महोत्सवमा हुने डान्सिङ्ग आइडल आफुहरु उत्साही भएको बताउदै यस्ता प्रतियोगिताले आफुहरुलाई अगाडी बढन सहयोग हुने बताउनुभयो । त्यस्तै क्लौनी कान्तिपुर बोडिङ्गकी शिक्षिका अमृता कुवरले मेलामा संचालित प्रतियोगिताले धेरै प्रतिभाले उचित स्थान पाउने बिश्वास रहेको बताउनुभयो ।यस्तै महोत्सवमा नगर स्तरीय बिधालय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय भलिवल प्रतियोगिता, वडा स्तरीय लोक दोहोरी गित प्रतियोगिता लगायतका प्रतियोगिता संचालन हुने मेला मुल आयोजक समितिका सदस्य सचिव दिपक अधिकारीले जनाउनुभयो । मेला यही पुष २४ देखी माघ ६ गतेसम्म सैनामैना ४ स्थित बहुउद्धेश्य रंगशालामा संचालन हुदैछ ।