दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण

प्रकाशित मिति:

एजेन्सी /बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई दर्शकले मन पराउँछन् । यो जोडी फिल्ममा पनि सँगसँगै भएको दर्शकले देखेका छन् ।गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले वास्तविक जोडीमा पनि मन पराउने गरेका छन् ।पहिलोपटक जब दीपिका र रणवीरबीच भेट भएको थियो, त्यतिबेला यी दुवै कुनै अरुसँगै सम्बन्धमा थिए । तर, ‘रामलीला’ फिल्मको सेटमा दुवै नजिक भए ।गम्भीर प्रकृतिकी दीपिकालाई रणवीरको रमाइलो प्रवृत्ति मन पर्‍यो । र, उनी रणवीरको आकर्षणमा परिन् ।

दीपिकाले एक अन्तर्वार्तामा आफूले रणवीरसँग विवाह गर्नुको कारण खुलाउँदै सुनाइन्, ‘उनले मेरो कामलाई सम्मान र मलाई हौसला दिन्थे ।’जबकि, त्यतिबेला रणवीर अहिलेको जस्तो चर्चित अभिनेता भइसकेका थिएनन् । त्यतिबेला दीपिकाले रणवीरले भन्दा बढी कमाउने गर्थिन् ।दीपिकाले कहिलेकाहीँ काम धेरै भएका कारण कहिलेकाहीँ घर जान पनि नभ्याउने गरेको खुलासा गरिन् । रणवीरले सधै दीपिकालाई समर्थन गरिरहे ।दीपिकालाई रणवीरले गरेको ‘केयर’ दीपिकालाई फरक लाग्यो । जसकारण दीपिका पनि रणवीरसँग बिहे गर्नका लागि राजी भइन् ।