कञ्चन गाउँपालिकामा समाजवादीको गाउँ कमिटी गठन

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल –  संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टि नेपाल एकीकरण पछि बनेको समाजवादी पार्टिको स्थानीय तहमा समायोजन अन्तर्गत रुपन्देहीको कन्चन गाउँपालिकामा गाउं कमिटी गठन भएको छ । समाजबादी पार्टि जिल्ला समन्वय समिति रूपन्देहीका सचिब सोमनाथ शर्माको अध्यक्षतामा भएको भेलाले गौरीशंकर सोनारको अध्यक्षतामा ३१ सदस्यीय समाजवादी पार्टी कन्चन गाउ कमिटि गठन गरेको हो ।

समायोजन कार्यक्रममा बोल्दै पार्टिका केन्द्रीय सदस्य,पुर्व मन्त्री तथा ५ नं.प्रदेश सहइन्चार्ज मोहम्मद वकिल मुसलमानले समाजबादी पार्टि देशको पहिलो वैकल्पिक शक्ति भएको दावी गर्दै पार्टिले उत्पीडन मा पारिएका समुदायको अधिकार स्थापित गराउने बताए । मधेसी, जनजाति, दलित,अल्पसंख्यक समुदायको हकअधिकार संबिधानमा समेट्न संविधान संसोधन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा समाजबादी मगर संघका केन्द्रिय अध्यक्ष बोम दर्लामी मगर, पार्टीका प्रदेश समिति सदस्य महेन्द्र यादव, रूपन्देही जिल्ला उपाध्यक्ष पदम बि क, स्थानिय नेता राजेन्द्र यादब, जंगबहादुर थारुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । समाजबादी पार्टी रूपन्देहीका सदस्य कमल अख्तरको संचालन तथा प्रदेश सदस्य रमजान अलीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।