नेपालमा बढ्दो बेरोजगार र युवा विदेश पलायन

प्रकाशित मिति:

PHD को सर्टिफिकेट बोकेर बिदेश जान्छन् युवा
बेरोजगारी समस्याले गर्दा थाकेका छन् युवा

ब्याज तिरेर किन पढ्नु पर्थ्यो विदेश जाने भए
विदेश जादा कति आमा रोए कतिको ज्यान गए।

भनिन्छ विदेशमा युवाले देश चलाउँछन् वृद्धले पेन्सन् लिन्छन् नेपालमा वृद्धले देश चलाउँछन् युवालाई टेन्सन दिन्छन् यो तथ्य तितो सत्य भएको छ । वास्तवमा भन्नुपर्दा नेपालमा युवाहरुको संख्या धेरै मात्रामा छ।र अधिकांश युवा डिग्री PHD को सर्टिफिकेट हातमा हुँदा पनि वेरोजगार भई विदेश पलायन हुन यो पिडा नेपालीले कहिले सम्म भोग्ने हो सरकार। नेपाली भूमिमा जन्मिएर हुर्किएर पढेर आफ्नो परिश्रम अनुसारको पारिश्रमिक नपाउँदा रिन काढेर विदेश जान बाध्य छन् युवा ।कमसेकम यहाँ नै राम्रो पारिश्रमिक पाए व्याज तिर्ने पैसाले त यही माटोमा सुन फलाउछन् होइन र हजुर ।

जल्दोबल्दो युवा विदेश जादा अलिकति पनि ग्यान छैन हजुरहरुलाई त्यस्ता युवा मरुभूमिमा गएर रातदिन नभनी काम गरेको छन् तिनीहरुले पढेको के का लागि अर्काको देशमा नोकर बन्न हो । यो कदापि हुन सक्दैन ऋण काढेर विदेश गएको छोरो बाकसमा आउदा त्यो पिडा कसले सुन्ने बच्चा टुहुरो र एक चेलिको सिन्दुर पुछिदाको पिडा कसले बुझ्ने । अब कोही चुप बस्नु हुन्न देशमै स्रोतसाधन जति पनि छन् विदेशले यहाँ नजर गाडेको छ तर आफ्नै देशको स्रोतसाधन परिचालन गरेर उधोग कलकारखाना खोलेर देशमै युवालाई रोजगार दिन मिल्दैन र ज्यान धरापमा राखेर काम गर्छन् युवाहरु अरुले हामीलाई नोकर बनाएका छन् हामी सधैँ अरुको नोकर हुनेहो र आखिर किन?

हामीलाई यही माटोमा सुन फलाउनु छ त्यसैले त्यहि अनुसारको शिक्षा र उपकरण ल्याउनुहोस् हजुरहरुलाई आफ्नै देशको नागरिकमाथि विश्वास छैन नेपाली युवा ऋणधन गरि डाक्टर पढ्छन् तर बिडम्बना हजुरहरु बिरामी पर्दा उपचार गर्न विदेश जानुहुन्छ यसले अर्थतन्त्रमा कति सम्म असर पुर्याउँछ यो किन बुझ्नुहुन्न सरकार। हजुरहरुले अरुको देशको देखेर पनि सिक्नुहोस् न हामीले यहाँ PHD गरेर विदेश गएपनि त्यहाँ गर्ने भनेको third class काम नै हो ।कमसेकम PHD गरेकोले त्यहि अनुसारको पारिश्रमिक पाए नेपालमै सभ्य डाक्टर बन्दैन र ।हाम्रो सर्टिफिकेट कागजमा मात्र सिमित हुनुभएन दिनहुँ हजारौ युवा विदेश जादा सरकार किन चुप दक्ष जनशक्ति उत्पादन गरेर नेपालमै रोजगार दिए हाम्रो देश विदेश बन्न केही समय लाग्दैन खाली अरुको भरमा कति बाच्ने अब आफैँ पनि केही सृजना गर्ने पो हो कि ।अब युवा अरुको देशमा होइन आफ्नै भूमिमा पसिना बगाउछन त्यसैले पहिलो ध्यान आफ्नो देशको युवालाई रोजगार दिई विदेश पलायन रोक्नुहोस् ।।

बन्द गरौ अब हामी विदेश जाने काम
देशमै रोजगारी बनि कमाउन राम्रो दाम

देशकै श्रोतसाधनको परिचालन गर सरकार
नेपाली युवालाई यहि देशमा भर्ना गर सरकार।।

   बबिता थापा
रिब्दिकोट ०७ बतासे पाल्पा