अब बैंकमा भ्रमण वर्षको लोगो

प्रकाशित मिति:

काठमाडौं – चेकबाहेक बैंकिङ कारोबारमा प्रयोग हुने भौचर, बैंकको वेवसाइट, भिसा कार्ड र बैंकको होर्डिङ बोर्डमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराई र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच सोमबार भएको छलफलमा भ्रमण वर्षको लोगो राख्ने निर्णय भएको हो।

पर्यटनमन्त्री भट्टराईले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आग्रह गरे । उनले जनवरी १ को उद्घाटन समारोहमा कम्तिमा पनि एउटा संस्थाबाट ५० जनाको सहभागी हुन आग्रह गरे। सोहि कार्यक्रममा मन्त्री भट्टराइले काठमाडौं बिमानस्थलले नधान्‍ने भएकाले निजगढ बिमानस्थल बनाइने बताए । उनले यो बिमानस्थल बन्ने कुरामा ढुक्‍क हुन सबैमा आग्रह गरे ।

कार्यक्रममा बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहालले अवश्यक तयारी गर्नुपर्ने र योजना बनाउन भ्रमण वर्षको लोगो राख्नु पर्ने बताए । उनले बैंक सामाजिक संजालमा प्रबर्द्धन गर्न तयार भएको पनि बताए ।