झारखन्ड चुनाव : क‌ांग्रेस गठबन्धनको अग्रता

प्रकाशित मिति:

नयाँ दिल्ली — नागरिकता कानुनको विरोधमा आन्दोलन चर्किइरहेका बेला झारखन्ड राज्यमा भएको निर्वाचनको सुरुवाती नतिजामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछाडि परेको छ।

सुरुवाती मतगणनामा विपक्षी कांग्रेस, राष्ट्रिय जनता दल र झारखण्डकोविपक्षीझारखण्ड मुक्तिमोर्चाको गठबन्धनले बहुमत स्थानमा अग्रता लिएको छ। हिन्दुस्तान टाइम्सले जनाएअनुसार मतगणना भएका ८१ स्थानका लागि भएको मतदानमा कांग्रेस गठबन्धनले ४२ स्थानमा अग्रता लिएको छ। सबभन्दा ठूलो दल भने भाजपा नै बन्ने देखिएको छ। भाजपा एक्लैले २८ स्थानमा अग्रता लिएको छ।