खिजिदेम्बा विमानस्थल पुगे मन्त्री योगेश भट्टराई, परीक्षण उडान सफल

प्रकाशित मिति:

बुटवल – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई परीक्षण उडानका क्रममा ओखलढुंगा जिल्लाको खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा विमानस्थल पुगेका छन् ।

खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान सफल भएपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् । फेसबूकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले निर्माण कार्य पूरा गरी आवश्यक प्राविधिक तयारी गरी छिट्टै नै नियमित उडान गरिने जनाएका छन् ।