पत्रकार जमाल खाशोग्गी हत्‍यामा संलग्न पाँचजनालाई मृत्यु दण्डको फैसला

प्रकाशित मिति:

एजेन्सी – साउदी अरबको अदालतले पत्रकार जमाल खाशोग्गी हत्या मुद्दामा पाँचजनालाई मृत्यु दण्डको फैसला सुनाएको छ। सोमबारको साउदी अरबको सरकारी अभियोजक शलान अल–शलानले भनेका छन्, ‘यो मुद्दामा ती पाँचै जनालाई मृत्यु दण्डको फैसला सुनाइएको छ।किनकी उनीहरु प्रत्यक्ष रुपमा संलग्न थिए।’यसका साथै अरु तीनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ।

पत्रकार जमाल हत्या प्रकरणमा साउदीका राजकुमार मोहम्मद बिन सलमानका सल्लाहका सउद अल खतानीसँग सोधपुछ गरेको थियो। तर उनीमाथि कुनै पनि प्रकारको आरोप लगाउन सकिएन। जमाललाई अन्तिम पटक २ अक्टोबर सन् २०१८मा टर्कीको स्तानबुलस्थित साउदी वाणिज्य दूतावासको बाहिर देखिएको थियो।