शिल्पालाई जन्मदिनको शुभकामना दिँदै छविराज ओझाले लेखे यस्तो

प्रकाशित मिति:

बुटवल –  चर्चित अभिनेत्री एवम् मोडल शिल्पा पोखरेलको आज शुभ जन्म दिन परेको । उनको जन्म १९९१ डिसेम्बर २३ मा बिराटनगरमा भएको हो । सानै उमेरमा राजधानी प्रवेश गरेकी पोखरेलको चाहाना भने, बाल्यकाल देखिनै कलाकार बन्ने रहेको उनी बताउँछिन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिश्रृङ्खला ‘घरपेटी’ बाट कलाकारितामा पाइला चालेकी शिल्पाले २०० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । शिल्पालाई नायिका बनाउने पहिलो चलचित्र हो लज्जा उक्त चलचित्र सन २०१४ मा निर्माण भएको थियो, निर्माता छविराज ओझाले उनलाई फिल्मनगरीमा प्रवेश गराएका हुन् ।

उनै छविराज ओझाको चलचित्रमा लगातार देखिएकी शिल्पाले अन्ततः “निर्माता ओझा सँगै केही बर्ष अगाडि सुटुक्क बिहे गरेकी थिइन् ।” तर; शिल्पाको जीवन अहिले अन्धकारमा छ भन्दा फरक नपर्ला’, किनकि निर्माता छविराज ओझा र शिल्पाको वैवाहिक सम्बन्धले केही समय अगाडि राम्रो चर्चा पाएको थियो ।

घरायसी विवाद प्रहरी परिसर सम्म पुगेपछि अहिले दुवैजना अलगअलग बस्न बाध्य भएका छन् । तर निर्माता ओझाको मनमा अझै शिल्पा फर्किन्छिन्की भन्ने झिनो आशा रहेको, आज उनले शिल्पालाई दिएको शुभकामनाको अनुसार अनुमान लगाउन सकिन्छ । ओझाले शिल्पाको जन्मदिनमा “ह्याप्पी बर्थ डे” मात्र लेखेर शुभकामना दिएका छन् ।