नक्कली नोटसहित ४ जना बंगलादेशी नागरिक पक्राउ

प्रकाशित मिति:

भक्तपुर – महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै आएका अन्य तीन जनालाई समेत पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्तिराज कोइरालाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई लोकन्थली बस्ने वर्ष ४१ को अलि अहमद, सोही स्थान बस्ने वर्ष २१ को रोबेल मिक्दा र वर्ष २१ महमद उल्लाहा रहेका छन् । बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्दै आएका खानले रहेको एक गिफ्ट पसलमा सामान खरिद गरी नक्कली नोट २ हजार दिएका फरार भएका थिए ।

खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा रु. १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको वृत्त प्रमुख कोइरालाले बताए ।  नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई आईतबार राती काठमाडौ पेप्सीकोला टाउनप्लानिङमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ । नक्कली नोट प्रकरण र बंगलादेशका नागरिकले बिना भिसा नेपालमा बस्न नपाउने भएकाले यसबारेमा समेत थप अनुसन्धान भइरहेको प्रनाउ कोइरालाले रातोपाटीलाई जानकारी दिएका छन् ।