सरस्वती आधारभुत बिद्यालयको ५७ औं बार्षिक उत्सव सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल/बुटवल-बुटवल उपमहानगरपालीका वडा नं १ स्थित सरस्वती आधारभुत बिद्यालयको ५७ औं बार्षिक उत्सव सम्पन्न भएको छ । कुल २ सय १९ जना मात्र बालबालीका अध्ययन गर्ने सो बिद्यालयको बार्षिक उत्सव कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालीकाका उपप्रमुख गुमादेवी आचार्यले समृद्धिको मुल आधार शिक्षा क्षेत्रको बिकास भएको बताईन । शिक्षाको बिकास बिना समृद्धि संभव नभएकोले शिक्षा क्षेत्रको गुणस्तररिय बिकासमा सरोकारवाला सबैको भुमिका महत्वपुर्ण हुने उपप्रमुख आचार्यले उल्लेख गरेकी छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नं १ का वडाध्यक्ष महेन्द्र लिगल, बिद्यालयका अध्यक्ष सुवेन्द्र श्रेष्ठ, प्राचार्य तुलसी भट्टराई, शिक्षकहरु बिष्णु भुसाल, बिजयरत्न शाक्य, पुर्व अध्यक्ष नरेन्द्र बस्नेत, समाजसेवी महेन्द्र अर्याल लगाएतका बक्ताहरुले बुटवलको पुरानो बिद्यालय भएर पनि सरस्वती आधारभुत बिद्यालयले शैक्षिक बिकासमा अपेक्षाकृत बिकास हासिल गर्न नसकेकोमा चिन्ता ब्यक्त गरेका छन । कार्यक्रममा बिद्यालयको बिकासमा बिभिन्न क्षेत्रबाट सहयोग पुराउने बिभिन्न संघ संस्था तथा महानुभावहरुलाई सम्मान गरिएको थियो ।