हरियाली सहकारीको २२ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल/बुटवल ४ स्थित हरियाली बहुउद्देश्यिय सहकारी संस्थाको २२ औं साधारण सभा सम्पन्न भएको छ । कुल ६ सय ७७ जना शेयर सदस्य रहेको सो सहकारीको साधारण सभाले सदस्य संख्या, शेयर पूँजी र बचत परिचालन बृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी बढाउने निर्णय गरेको छ । बुटवल उपमहानगरपालीका र सुद्धोधन गापाको १ र २ वडाहरु कार्यक्षेत्र रहेको सो सहकारीको कुल शेयर पूँजी ५८ लाख ४ सय रुपैयाँ र दायित्व २ करोड ९४ लाख ६८ हजार २ सय ५ रुपैयाँ रहेको छ । यसैगरि कुल आम्दानी ४४ लाख १२ हजार १ सय ९९ सय रहेको छ भने कुल खर्च ३६ लाख १३ हजार २ सय ५५ रहेको छ ।

सहकारीका सातवटा सिद्धान्त र ६ वटा नियमहरु पालना गर्दै संस्था र सदस्यहरुको हितमा कार्यक्रमहरु संचालन गर्दै आईरहेको सो सहकारीले असल बचत कर्ताहरु, असल ऋणहरु, जेष्ठ सदस्यहरु र एसईईमा ए प्लस हासिल गर्ने शेयर सदस्यका बालबालीकाहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । सहकारीका अध्यक्ष सिद्धार्थ उदयको सभापतित्वमा, सचिव राजु भारीको संचालन तथा बुटवल उपमहानगरपालीका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा उपाध्यक्ष बेधानिधी रिजाल, सल्लाहकारहरु डा. रमेशमान सिंह, हरिध्वज मल्ल, आशा श्रेष्ठ, योग प्रसाद श्रेष्ठ, कोषाध्यक्ष प्रदिपमान सिङ्गमानगैडा, लेखा समिति संयोजक प्रेम पौडेल लगाएतले सहकारीलाई सवल बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।