ट्याक्टर पल्टिँदा १६ वर्षीय चालकको मृत्यु

७ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हेटौंडा –  मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ ५ का १६ वर्षीय आइते प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ। ना ४ त ३९६० नम्बरको ट्याक्टर राक्सिराङ ५ ढाडेमा पल्टिँदा सिटले च्यापिएर प्रजाको घटनास्थलमै मृत्यु भएको थियो। मनहरी खोलाबाट बालुवा बोकेर ट्याक्टर चैनपुर जाँदै गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया