श्रम स्वीकृतिको काम अब अनलाइनबाटै हुने

प्रकाशित मिति:

काठमाडौं/ वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाटै हुने भएको छ ।वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइनबाटै हुने भएपछि अब फाइल लिएर म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय धाउनु नपर्ने भएको हो।विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्व श्रम स्वीकृतिको परिक्षण शुरु गरेको हो । म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् ।

त्यसपछि पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गरिने छ । उक्त काम अनलाइनमा भएको सवै विवरण सम्बन्धित म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तर्वाता लिन पाउँनेछन् ।हाल पूर्व श्रम स्वीकृति कागज रुपमा लिएर अन्तर्वाता लिँदै आएका थिए । अब भने अन्तर्वाता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक भीष्म भुषालले जानकारी दिएका छन् । अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुँदै गएको उनको भनाइ छ ।