रुपन्देहीका साहित्यकारहरुले गरे लेखक दिल साहनीप्रति गरिएको दुव्र्यवहारप्रति भत्सर्ना

प्रकाशित मिति:

बुटवल

वरिष्ठ साहित्यकार दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति रुपन्देहीमा रहेका विभिन्न साहित्यिक संघसंस्था एवं स्रष्टाहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

स्रष्टाहरुले भारतीय पेन्सन क्याम्प देशको सार्वभौमिकतासंग सम्बन्धित बिषय भएको भन्दै यसको बहुआयामिक पक्षहरुवारे बहस गर्न जरुरी रहेको समेत बताएका छन् ।
मंगलवार एक प्रेश विज्ञप्ती जारी गर्दै एक बौद्धिक व्यक्तित्वको हैसियतले राष्ट्रियताको बिषयमा आफ्नो विचार राख्दा अमानवीय दुव्र्यवहार हुनु खेदपूर्ण र आपत्तिजनक भएको बताएको छ ।

विज्ञप्तीमा उल्लेख छ  बौद्धिक व्यक्तित्व, वरिष्ठ अधिवक्ता  स्रष्टा एवं पत्रकार सेनानीको हैसियतले आफ्नो विचार राख्न पाउने संवैधानिक अधिकार कुण्ठित गराइएको उक्त घटना निन्दनीय   खेदपूर्ण र आपत्तिजनक छ । उक्त घटनाप्रति घोर भत्सर्ना गर्दै घटनावारे तत्काल छानविनका लागी सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं र आगामी दिनमा यस्ता घटना पुनः दोहिरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।   स्रष्टाहरुले फरक मतप्रति असहिष्णु बन्नुले कालान्तरमा प्रजातन्त्र नै संकटमा पर्ने बताएका छन् ।
विज्ञप्तीमा कवि एवं वरिष्ठ साहित्यकारहरु रामचन्द्र भट्टराई   प्राडा  हिरण्यलाल ज्ञवाली, बुटवल कला साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली  कवि दीपक विक, प्रगतिशील लेखक संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष कविराज पौडेल, साहित्य संगमको तर्फबाट कवि गिरी श्रीस मगर, सरिता श्रीस मगर, कृष्ण गाउँले   पाठक मञ्चको तर्फबाट रामचन्द्र श्रेष्ठ, माधव गौतम, कृष्ण पाण्डे, प्रलेस प्रदेश नं. ५ सचिवालय सदस्य खोमा तरामु मगर, बुटवल साहित्य परिषदबाट ज्ञानु केसी, लिला राना मगर

गजल सागर नेपालका अध्यक्ष मिन राना  लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय सचिव ऋषि आजाद, छन्दवादी समाज नेपालका अध्यक्ष श्याम तिवारी, सिद्धार्थ साहित्य समाजका अध्यक्ष शशी पन्थी, न्यु होराइजन साहित्य परिषदका अध्यक्ष हरि पौडेलले हस्ताक्षर गरेका छन् ।

लेखक एवं साहित्यकारहरुले देशभरका सम्पूर्ण देशभक्त लेखक स्रष्टाहरुलाई राष्ट्रियताको पक्षमा दृढतापूर्वक कलम चलाउन अपील समेत गरेको छ ।
लेखक साहनीमाथि भएको अमानवीय दुव्र्यवहारप्रति नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नयाँ शक्ति पार्टी नेपाल रुपन्देही र दर्जनौं सामाजिक एवं उद्योगी व्यवसायिक संघसंस्थाहरु, नागरिक समाज, पत्रकार एवं बुद्विजीवीहरुले पनि आपत्ति जनाएका छन् ।
यस्तो छ विज्ञप्ती–