जेष्ठ नागरिकहरुलाई न्यानो च्यादर बितरण ।

प्रकाशित मिति:

शान्ति तिवारी पुस ७ । जाडो बढी रहेको बेलामा पश्चिम नवलपरासीको सुनवल वडा नं ८ का जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच न्यानो च्यादर बितरण गरिएको छ । सितलहर सम्बन्धि सचेतना कार्यक्रम अन्तगर्त बैरागनाथ प्रहरी चौकि सुनवलमा कार्यरत प्रहरी सहायक निरिक्षक महेश रायमाझि र रामग्राम १४ निवासी जितराम थापाले संयुक्त रुपमा वडा न ८ का १० जना जेष्ठ नागरिकहरुलाई एक÷एक थान न्यानो च्यादर बितरण गर्नुभएको छ । जाडो याम सुरु भइसकेकोले जाडोबाट जेष्ठनागरिक बढि प्रभाबित हुने भएकाले केहि राहत पुग्ने अपेक्षा सहित बैरगनाथ मन्दिरको सभाहलमा सोमबार एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई सहयोग गरिएको प्रहरी सहायक निरिक्षक रायमाझिले बताउनुभयो । सो अवसरमा सुनवल नगरपालिका वडा नं ८का वडा अध्यक्ष निलकण्ठ गैरेले जेष्ठ नागरिकका लागि गरेको यो कार्य सह्रानिय रहेको बताउदै यस्ता कार्यले समाजमा सकारात्मक परिवर्तन हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।