सैनामैनामा समाजवादीको नगर कमिटी गठन

प्रकाशित मिति:

रुपन्देही/ संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टि नेपाल एकीकरणपछि बनेको समाजवादी पार्टिले स्थानीय तहमा समायोजनलाई निरन्तरता दिने क्रममा रुपन्देहीको सैनामैना नगरपालिकामा समायोजन भएको छ । समायोजनले टोपराज पान्डेको अध्यक्षतामा ३३ सदस्यीय समाजवादी पार्टी सैनामैना नगर कमिटि गठन गरेको छ । पार्टि जिल्ला समन्वय समिति रूपन्देहीका अध्यक्ष रामअबतार यादवको अध्यक्षतामा सम्पन्न भेलाबाट नगर कमिटी गठन भएको हो । समायोजन कार्यक्रममा बोल्दै पार्टिका केन्द्रीय सदस्य,पुर्ब मन्त्री तथा ५ नं.प्रदेश सहइन्चार्ज मोहम्मद वकिल मुसलमानले हिमाल,पहाड र तराईलाई भावनात्मकरुपमा जोडेर देशमा संघीयता,सुशासन र समुन्नत समाजवाद स्थापना गर्ने र पुराना पार्टीको विकल्पमा वैकल्पिक शक्ति बन्ने बताए ।

कम्युनिस्ट सरकारका पालामा एकपछि अर्को ठूला ठूला भ्रष्टाचार काण्ड भएकाले अब जनताले समाजवादी पार्टीलाई रोज्ने उनको दावी छ । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा ५ न.प्रदेशका सह इन्चार्ज कमल खनालले अब पार्टीको संगठनलाई गाउं टोलसम्म तीब्र रुपमा लैजानु पर्ने बताए । केन्द्रीय सदस्य तथा समाजबादी मगर संघ केन्द्रिय अध्यक्ष बोम दर्लामी मगरले पार्टिले उत्पीडनमा पारिएका समुदायको अधिकार स्थापित गराउने बताउदै मधेसी, जनजाति, दलित ,अल्पसंख्यक समुदायको हकअधिकार संबिधानमा समेट्न पनि संविधान संशोधन हुन अवश्यक रहेको बताए । जिल्ला सचिब सोमनाथ शर्माको संचालन र उपाध्यक्ष पदम बहादुर बिकको स्वागतमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा समाजबादी दलित शक्ति महासंघका अध्यक्ष खिम बहादुर बिक, प्रदेश सदस्य महिला नेत्री साबित्रा बिक, जिल्ला सदस्य शुसिला थारु, नर बहादुर सुनार,लक्ष्मी प्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए