पक्राउ परेका २१ विप्लव नेताहरू धरौटीमा छुट्न अस्वीकार

८ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
33 Shares


असोज महिनामा दाङमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ताले धरौटीमा छुट्न अस्वीकार गरेका छन् ।दाङको राजपुर गाउँपालिकामा पार्टीको विशेष बैठक स्थलबाट पक्राउ परेका २१ विप्लव नेताहरूलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिए पनि उनीहरूले धरौटीमा छुट्न अस्वीकार गरेका हुन् ।

दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यलाई जनही १५र१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमवार आदेश दिएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया